नुवाकोटमा कोरोना संक्रमितको संख्या साढे २ सय पुग्यो

विदुर खबर २०७७ कार्तिक १ गते २०:४६

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

Advertisement

यसैक्रममा पछिल्लो २४ घण्टामा जिल्लाको विभिन्न स्थानमा गरि ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका ३ पुरुष र एक महिला छन् भने बेलकोटगढी नगरपालिकाका ३ महिला र ककनी गाउँपालिकाका २ पुरुष रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको ककनी गाउँपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्कीसकेका छन् । यससँगै जिल्लामा कोरोना निको भएर घर जानेको संख्या एकसय ३७ पुगेको छ ।
यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय १२ पुगेको छ । उनीहरु जिल्लाको विभिन्न स्थानमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म ५ हजार ५ सय ५४ जनाको पिसिआर परिक्षण भईसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया