नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

विदुर खबर २०७७ कार्तिक १ गते १७:४८

नुवाकोट । कोरोना संक्रमणबाट नुवाकोटमा पहिलो पटक एक महिलाको मृत्यु भएको छ ।

Advertisement

शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेकी ६१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोट स्रोतले जानकारी दिएको छ ।काठमाण्डौमा उपचारको लागि लगिएकी उनको घर फर्कने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । उनी दिर्घ रोगी समेत रहेको बताइएको छ ।

त्यस्तै शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु के.शीले पनि गाउँपालिकामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि गरिन् । मृतक महिलाको वारेमा आफुलाई जानकारी नभएको तर मृत्यु भने भएको हो उपाध्यक्ष केसीले भनिन् ।

Advertisement

यदपि यस विषयमा स्वास्थ्य कार्यालय नुवाकोटको औपचारिक धारणा भने वाहिर आएको छैन । यस विषयमा कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले कार्यालयमा पनि अपुष्ट खबर आएको तर आधिकारीक जानकारी नआएको बताए ।

खनालले भने “आज शनिवार कार्यालय विदाको समय भएकोले पनि आधिकारीक सुचना पाउन समस्या भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको विषयमा आफुहरुलाई पनि विभिन्न माध्यमबाट जानकारी आएकोले सम्बन्धित निकायमा सोधपुछ गरिरहेको छु, उनले भने ” ।

Advertisement

यसअघि नुवाकोट घर भई काठमाण्र्डौ बस्दै आएका दुईजना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।

 

 

 

प्रतिक्रिया