नुवाकोटको चारघरेबाट ११ जुवाडे पक्राउ

विदुर खबर २०७७ असोज २३ गते १७:४२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चारघरेबाट ११ जुवाडे पक्राउ परेका छन् ।

Advertisement

वडा नम्बर १२ को माझगाउँका राजु रिमाल भनिने व्यक्तिको पसलबाट उनीहरुलाई रन्गेहात पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २४ हजार रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पसले समेत रहेका राजु रिमाल, रामशरण रिमाल,अर्जुन प्रसाद रिमाल, अर्जुन घिमिरे, शुभप्रसाद कोइराला,रामप्रसाद रिमाल,रामहरि रिमाल रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा विनोद तामाड, ठाकुर भुजेल र श्याम भुजेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

पक्राउ परेका राजु रिमालको घर सधै जुवाको अखडा बन्ने गरेको स्थानियबासीले बताएका छन् । पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय विदुर ल्याएर अनुसन्धान शुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया