नुवाकोटका ४ जना कोरोनामुत्त,विदुरमा दुई संक्रमित थपिए

नुवाकोट । पछिल्लो २४ घण्टामा नुवाकोटका ४ जना कोरोना संक्रमित कोरोना मुत्त भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३ जना र किस्पाङ गाउँपालिकाका एकजना कोरोनामुत्त भएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका २७, ३० र ५९ वर्षिय पुरुष र किस्पाङ गाउँपालिकाका २३ वर्षिय पुरुष कोरोनामुत्त भएर घर फर्किएका छन् ।
यससँगै नुवाकोटका एकसय १६ जना व्यक्ति कोरोनामुत्त भएर घर फर्किएका छन् । जसमध्ये ९० पुरुष र २६ महिला रहेको कार्यालयको भनाई रहेको छ ।
दुई संक्रमित थपिए
यसैविच पछिल्लो २४ घण्टामा नुवाकोटमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार विदुर नगरपालिकाका ३३ र ३४ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उक्त खनालले जानकारी दिए ।
कार्यालयका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ३१ पुगेको छ ।
प्रतिक्रिया