गेर्खुमा एक व्यक्ति मृत फेला

विदुर खबर २०७७ भदौ ३१ गते १३:०६
सूचक फोटो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 11 मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

मृत अवस्थामा फेला पर्नेमा साविक गेर्खु गाविस वडा नम्बर 8 का 31 वर्षिय मधु रिमाल रहेको वडाध्यक्ष तोयानाथ तिम्सिनाले जानकारी दिए। विहान खेतमा पानी लगाउन गएका रिमालको लडेर मृत्यु भएको आशंका स्थानियबासिहरुले गरेका छन् ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय चोगतेबाट प्रहरी टोलि घटनास्थल पुगेको छ । मृतक रिमालको शब उठाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलि घटनास्थलमा जाँदै छन् ।

Advertisement

मृतक रिमाल नेपाल प्रहरीमा कार्यरत रहेको परिवारले जनाएको छ । उनी चारदिन अघि विदामा घर आएका थिए ।

प्रतिक्रिया