कार्य सम्पादनका आधारमा जिल्ला कृषि बिकास कार्यालय नुवाकोट उत्कृष्ट

विदुर खबर २०७५ असार ३२ गते १४:२९

विदुर÷कृषी क्षेत्रको कार्य सम्पादन, बार्षिक मूल्यांकन, बेरुजु उत्कृष्ट रहेको आधारमा जिल्ला कृषी बिकास कार्यालय नुवाकोटका प्रमुख डा.कमलराज गैरे सम्मानित हुनु भएको छ ।

कृषि विभागका महानिर्देशकज्यूबाट प्रमाण पत्र तथा नगद पुरस्कार ग्रहण गर्नु हुँदै वरिष्ठ कृषि विकास अधिकृत डा. कमलराज गैरे

Advertisement

मध्यमाञ्चल क्षेत्रीय कृषी निर्देशनालयले कृषी क्षेत्र अन्तर्गत रहेका १९ जिल्ला मध्ये नुवाकोट उत्कृष्ट जिल्लाको रुपमा छानिएको ठहर गर्दै प्रमाणपत्र र नगद सहित सम्मान गरिएको जिल्ला कृषी बिकास कार्यालय नुवाकोटका बरिष्ठ कृषी बिकास अधिकृत डाक्टर कमलराज गैरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया