नुवाकोटको तारकेश्वरमा गाई काटेको आरोपमा ४ युवक पक्राउ

विदुर खबर २०७७ भदौ ५ गते १७:२७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ शिरानटोलमा गाई काटेको आरोपमा ४ युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेभन्ज्याङका ३० वर्षिय चन्द्रबहादुर तामाङ, सुन्जितबहादुर तामाङ, जयबहादुर तामाङ र दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई गाई काटेर लुकाएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ रङ्गेहात पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई “चोरी तथा पशुपंक्षी सम्बन्धी कसुर” मुद्धा दर्ता गरि जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया