नुवाकाेटमा निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा ओसारपसार गर्ने आइचर नियन्त्रणमा

विदुर खबर २०७७ भदौ ४ गते २१:३६

नुवाकाेट । नुवाकाेटमा निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा ओसार-पसार गर्ने सवारी-साधन प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Advertisement

बिहिबार दिउँसाे १ बजेकाे समयमा निषेधाज्ञाकाे अवज्ञा गरी मदिरा बाेक्ने गाडी प्रहरीले नियन्त्रणमा लिएकाे हाे । बा.५.ख. ६८६२ नं.को खाद्यन्न बोक्ने निलो आईचर गाडीमा ३५ हजार २ सय उनन्पचास रूपैयाँ मुल्य बराबरकाे १५ कार्टुन बियर ओसार-पसार गरीरहेको अबस्थामा ईलाका प्रहरी कार्यलय चोगतेबाट चेकिङको लागी खटिएको प्रहरी टोलीले बरामत गरेकाे जिल्ला प्रहरी कार्यलय नुवाकाेटले जनाएकाे छ ।

यसैबिच प्रहरीले मदिरा बिक्रेता सञ्चालक पुर्णलाल श्रेष्ठलाइ पनि नियन्त्रणमा लिएकाे छ । साे मदिरा श्रेष्ठले सञ्चालन गरेकाे नुवाकोट सप्लार्यसबाट खरिद गरेको भनि खुल्न आएकोले श्रेष्ठलाइ पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ । प्रहरीले उक्त गाडि(मदिरा सहित), गाडी चालक र नुवाकोट सप्लायर्सका संञ्चालक पुर्णलाल श्रेष्ठ सहितलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाईएको बताएकाे छ ।

Advertisement

प्रतिक्रिया