नुवाकोटमा कोरोना संक्रमितको संख्या ७० पुग्यो,तादी गाउँपालिकामा एक थपिए

विदुर खबर २०७७ भदौ १ गते १७:३६

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको सुंख्या ७० पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालयका अनुसार आज नुवाकोटको तादी गाउँपालिका ३५ वर्षिय एक पुरुषमा कोरोनाको पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षणमा उनमा पोजेटिभ देखिएको हो ।

Advertisement

यससँगै जिल्लामा कोराना संक्रमितको संख्या ७० पुगेको हो । त्यस्तै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ५४ पुगेको छ भने विभिन्न स्वास्थ्य संस्थामा १६ जना उपचार गरिरहेका छन् ।

प्रतिक्रिया