पात्ले खोलाले वितण्डा मच्चाउँदा सयौ रोपनी धानबाली नष्ट, स्थानिय त्रसित

पात्ले खोलमा आएको बाढीले बगरमा परिणत धानखेत ।
गेर्खुखोला । बिहिबार राती परेको वर्षाको कारण पाल्ले खोलामा आएको बाढीले वितन्डा मच्चाउँदा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुखोलाको एक दर्जनभन्दा बढी घर जोखिममा परेको छ भने सयौ रोपनी धानबालीमा क्षति पुराएको छ ।
स्थानिय सोहन धमलाका अनुसार बस्तीमा पात्ले खोलाको बाढी पसेपछि एक दर्जनभन्दा बढी घरका स्थानियहरुले पशुचौपायलाई समेत सुरक्षित स्थानमा राखेका थिए । वस्तीमा राती ९ बजेतिर बाढी पसेपछि ३५ जनाभन्दा बढी स्थानियसहित सिमुटार प्रहरीले घरको खाद्यान्नसहित पशु चौपायालाई सुरक्षित स्थानमा राखेका थिए । बाढीले क्षति पुराएको स्थानको आज जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापा लगायत पुगेका थिए ।
यसअघि पनि पात्ले खोलामा आएको बाढीले पटकपटक स्थानियहरुलाई दुख दिएपनि सम्बन्धित निकायले भने समस्या समाधानको लागि पहल नगरेको भन्दै स्थानियबासीले दुखेसो पोखेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया