नुवाकोटमा योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

विदुर खबर २०७७ साउन २३ गते १९:०२

नुवाकोट। नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर प्रकाशन भईरहेको सुन्दरादेबी संदेश साप्ताहिकको प्रत्येक बार्षिकउत्सबको अबसरमा स्व योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार बितरण गरिने भएको छ।

Advertisement

सो पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रहेको छ।
सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक किरण अधिकारीले स्थापना गर्नु भएको उक्त पुरस्कार अधिकारीको बुवाको माता योगमाया अधिकारी र आमाको माता टंककुमारी भण्डारीको स्मृतिमा स्थापना गरिएको अधिकारीले जानकारी दिनु भयो।

हाललाई जिल्लामा लामो समय देखि सक्रिय एक जना पत्रकारलाई नगद सहित प्रत्येक बर्ष प्रदान गरिने र यसको पुरस्कार राशि बढाउदै प्रदेश हुदै रास्ट्रीयरुपमा वितरण गरिने जनाईएको छ।

Advertisement

साथै केहि समयमा योगमाया टंककुमारी स्मृति प्रतिष्ठान समेत दर्ता गरिने पनि अधिकारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया