पुन: दुई साता लकडाउन गर्न विज्ञको सुझाव

विदुर खबर २०७७ साउन २० गते १६:१७

फाईल फोटो ।

विदुर । प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञबीच आज बालुवाटारमा बसेको बैठकमा पुन कम्तिमा दुई साताका लागि लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् ।

Advertisement

कोरोना संक्रमण थप भयावह हुन सक्ने चिन्ता व्यक्त गर्दै विज्ञले लकडाउन कम्तिमा पनि दुई साता लामो लकडाउन घोषणा गर्न सुझाएको स्रोतले जनाएको छ । लकडाउनका साथसाथै त्यस अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् । विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया