त्रिशूलीका माछा संकटमा
नुवाकोट । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले त्रिशूली बेसिन क्षेत्रको समष्टिगत प्रभाव मूल्यांकन सार्वजनिक गरेको छ ।
अष्ट्रेलिया, नर्वे र जापानको सहयोगमा आईएफसीले एक वर्षसम्म अध्ययन गरी ‘नेपालको त्रिशूली नदी बहाव क्षेत्रमा जलविद्युत् विकास : समष्टिगत प्रभाव मूल्यांकन र व्यवस्थापन’ मार्फत् पूर्वाधार विकाससम्बद्ध सामाजिक र वातावरणीय चुनौतीकाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । त्रिशूली बेसिनको ३२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा ३६ वटा जलविद्युत् आयोजना विभिन्न चरणमा छन् । त्यस क्षेत्रमा जलविद्युत् र अन्य विकास निर्माण आयोजनाका कारण पहिले नै प्रभावित भइसकेको छ । जलवायु परिवर्तन, भिरालो जमिन÷संरचना बग्ने, बालुवा उत्खनन् र शहरीकरणजस्ता कारणले विभिन्न दबाब उत्पन्न भएको अध्ययनको निष्कर्ष छ ।
‘अब कुनै कदम नचाल्ने हो भने नदी र यसमा आश्रित माछा गम्भीर रुपमा प्रभावित हुने साथै मानिसको जनजीविका र विश्वव्यापी रुपमा दुर्लभ स्वर्ण महाशिर (माछाको जाति) को भविष्य संकटमा पर्न सक्छ ।
अध्ययनले त्रिशूली नदी बहाब क्षेत्रमा व्यवस्थापनका उपाय नअपनाउने हो भने जग्गा अधिग्रहण सम्बद्ध विस्थापन तीव्र हुँदा बालुवा उत्खनन् गतिविधि अझै बढ्नेतर्फ सचेत गराएको छ । त्रिशूली नदिको बहाब क्षेत्रमा अहिले योजना गरिएका सबै जलविद्युत् आयोजना कार्यान्वयन हुने हो भने कम्तीमा पनि ६४० हेक्टर जमिन आवश्यक पर्छ ।’ अध्ययनमा भनिएको छ ।
अध्ययनले प्रस्तावित त्रिशूली जलविद्युत् विकासकर्ता मञ्चमा आयोजना विकासकर्ता, ऋणदाता, नेपाल विद्युत् प्राधिकरण, वातावरणीय र सामाजिक नियामक र अन्य सरोकारवाला सरकारी निकायलाई समावेश गर्न सिफारिश गरेको छ । प्रस्तावित उच्च व्यवस्थापनको सन्दर्भमा, बहाब क्षेत्रका जलविद्युत् विकासकर्ताले एकमुष्ठ प्रभाव व्यवस्थापन बडापत्रमा हस्ताक्षर गर्न आवश्यक रहेको औंल्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया