त्रिशूलीका माछा संकटमा

विदुर खबर २०७७ साउन १४ गते १५:०४

नुवाकोट । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले त्रिशूली बेसिन क्षेत्रको समष्टिगत प्रभाव मूल्यांकन सार्वजनिक गरेको छ ।

Advertisement

अष्ट्रेलिया, नर्वे र जापानको सहयोगमा आईएफसीले एक वर्षसम्म अध्ययन गरी ‘नेपालको त्रिशूली नदी बहाव क्षेत्रमा जलविद्युत् विकास : समष्टिगत प्रभाव मूल्यांकन र व्यवस्थापन’ मार्फत् पूर्वाधार विकाससम्बद्ध सामाजिक र वातावरणीय चुनौतीकाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । त्रिशूली बेसिनको ३२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा ३६ वटा जलविद्युत् आयोजना विभिन्न चरणमा छन् । त्यस क्षेत्रमा जलविद्युत् र अन्य विकास निर्माण आयोजनाका कारण पहिले नै प्रभावित भइसकेको छ । जलवायु परिवर्तन, भिरालो जमिन÷संरचना बग्ने, बालुवा उत्खनन् र शहरीकरणजस्ता कारणले विभिन्न दबाब उत्पन्न भएको अध्ययनको निष्कर्ष छ ।

‘अब कुनै कदम नचाल्ने हो भने नदी र यसमा आश्रित माछा गम्भीर रुपमा प्रभावित हुने साथै मानिसको जनजीविका र विश्वव्यापी रुपमा दुर्लभ स्वर्ण महाशिर (माछाको जाति) को भविष्य संकटमा पर्न सक्छ ।

Advertisement

अध्ययनले त्रिशूली नदी बहाब क्षेत्रमा व्यवस्थापनका उपाय नअपनाउने हो भने जग्गा अधिग्रहण सम्बद्ध विस्थापन तीव्र हुँदा बालुवा उत्खनन् गतिविधि अझै बढ्नेतर्फ सचेत गराएको छ । त्रिशूली नदिको बहाब क्षेत्रमा अहिले योजना गरिएका सबै जलविद्युत् आयोजना कार्यान्वयन हुने हो भने कम्तीमा पनि ६४० हेक्टर जमिन आवश्यक पर्छ ।’ अध्ययनमा भनिएको छ ।

अध्ययनले प्रस्तावित त्रिशूली जलविद्युत् विकासकर्ता मञ्चमा आयोजना विकासकर्ता, ऋणदाता, नेपाल विद्युत् प्राधिकरण, वातावरणीय र सामाजिक नियामक र अन्य सरोकारवाला सरकारी निकायलाई समावेश गर्न सिफारिश गरेको छ । प्रस्तावित उच्च व्यवस्थापनको सन्दर्भमा, बहाब क्षेत्रका जलविद्युत् विकासकर्ताले एकमुष्ठ प्रभाव व्यवस्थापन बडापत्रमा हस्ताक्षर गर्न आवश्यक रहेको औंल्याइएको छ ।

Advertisement

 

प्रतिक्रिया