नुवाकोटमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न कारवाहीमा

विदुर खबर २०७७ साउन १३ गते ९:०४

नुवाकोट ।  नुवाकोटमा अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार(पसारमा संलग्न सवारी(साधन कारबाहीमा परेका छन ।

Advertisement

नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-पसार गर्ने १० टिप्पर र १ स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाईएको  हो । नदिजन्य पदार्थको उत्खनन्, ओसार पसार र प्रयोग सम्बन्धी बिषयमा जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तमान तामाङको अध्क्षतामा बसेको समन्वयात्मक बैठकमा भएका निर्णायानुसार असाढ १ देखी भाद्र मसान्तसम्म (३ महिना) नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएको थियो ।

उक्त निर्णयको बर्खिलाप नदिजन्य पदार्थ उत्खनन् तथा ओसार(पसार गर्ने सवारी साधन जिल्ला समन्वय समितिमा बुझाईएकोमा हालसम्म रु.१,७०,०००।–राजष्व संकलन भएको, र १ स्काभेटर र ३ टिप्पर कारबाही हुन बाँकी नै रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया