नुवाकोटमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न कारवाहीमा
विदुर खबर
२०७७ साउन १३ गते ९:०४
नुवाकोट । नुवाकोटमा अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार(पसारमा संलग्न सवारी(साधन कारबाहीमा परेका छन ।
नदिजन्य पदार्थ उत्खनन् तथा ओसार-पसार गर्ने १० टिप्पर र १ स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाईएको हो । नदिजन्य पदार्थको उत्खनन्, ओसार पसार र प्रयोग सम्बन्धी बिषयमा जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तमान तामाङको अध्क्षतामा बसेको समन्वयात्मक बैठकमा भएका निर्णायानुसार असाढ १ देखी भाद्र मसान्तसम्म (३ महिना) नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएको थियो ।
उक्त निर्णयको बर्खिलाप नदिजन्य पदार्थ उत्खनन् तथा ओसार(पसार गर्ने सवारी साधन जिल्ला समन्वय समितिमा बुझाईएकोमा हालसम्म रु.१,७०,०००।–राजष्व संकलन भएको, र १ स्काभेटर र ३ टिप्पर कारबाही हुन बाँकी नै रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया