लकडाउनपछि नुवाकोटको जनजीवन सामान्य बन्दै,सुर्यगढीमा निषेधाज्ञा जारी
विदुर । कोरोना संक्रमणको त्रासका कारण करिब ४ महिनादेखि जारी लकडाउन खुल्ला गरिएसँगै भएसंगै नुवाकोटको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।
केन्द्र सरकारले देशभर लकडाउन साउन १ गतेदेखि खुल्ला गर्ने निर्णयसँगै नुवाकोटमा पनि लकडाउन खुल्ला गरिएको थियो । तर लकडाउन खुलेपनि उच्च रुपमा सावधानी नअपनाइँदा जिल्लामा कोरोना संक्रमण भने दिनानुदिन बढ्दै गएको छ । अहिलेसम्म नुवाकोटका ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको । जसमध्ये ३४ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
बाँकी रहेका ३ जनाको त्रिशुली अस्पताल र सशस्त्र प्रहरी वलको कोभिड अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।
सुर्यगढीमा निषेधाज्ञा जारी
यसैविच सुर्यगढी गाउँपालिकामा स्थानिय स्तरमा कोरोना संक्रमण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा घोषणा गरेको छ ।
गाउाँपालिकाको वडा नम्बर २ मा रहेको क्वारेन्टाइनमा रहेका २४ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै सुर्यगढीको केही स्थानमा निषेधाज्ञा जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया