कोरोना संक्रमित बढेपछि सुर्यगढी गाउँपालिकामा निषेधाज्ञा जारी

विदुर खबर २०७७ साउन ११ गते २१:३९

विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज राती ११ बजेदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

गाउँपालिकाको वडा नम्बर २ मा रहेको क्वारेनटाइनमा रहेका एक पुरुषमा कोरोनाका संक्रमण देखिएसँगै गाउँपालिकाको वडा नम्बर २ र ३ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा जारी गरेको हो ।

निषेधित जारी गरिएको क्षेत्रहरमा बोहोरेभञ्याड,पोखरीडाँडा, वडा नम्बर ३ को वडा कार्यालय, नयाँ चौतारा र वागेश्वरीभञ्याड रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ख को ३ र संक्रमण ऐन २०२० को दफा २ अनुसार अर्काे आदेश नभएसम्म गाउँपालिकाको विभिन्न स्थानमा निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

Advertisement

निषेधाज्ञा जारी गरिएको समयमा अत्याआवश्यक वाहेकका सवारी साधन संचालनमा भने रोक लगाइएको छ ।

प्रतिक्रिया