नुवाकोटको सुर्यगढीका थप एक पुरुषमा कोरोना संक्रमणको पुष्टि
विदुर खबर
२०७७ साउन ११ गते १७:३०

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लाको सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ वर्षिय एक पुरुषको पिसिआर चेकजाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै जिल्लामा जिल्लाका २४ जनाले कोरोनालाई जितेर घर फर्केको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया