बेलकोटगढीमा पहिरो जाँदा चार घर पुरियो

विदुर खबर २०७७ साउन ९ गते १८:१९

विदुर । बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार विहान आएको पहिरोले पाँघ घर पुरिएको हो ।

Advertisement

स्थानीयवासीहरुका अनुसार २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको छ । स्थानीय नारायण अनुसार पहिरोको कारण बस्तमा रहेका ४० घर भन्दा बढी जोखिममा परेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया