नुवाकोट बेलकोटगढीमा घर भत्किँदा एक बृद्धाको ज्यान गयो
विदुर खबर
२०७७ साउन ९ गते १८:०४

नुवाकोट । बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाको कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ ।
घर भत्किँदा बेलकोटगढी नपा–८ हर्रेकी ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिनुभयो ।
उनको ढुंगामाटोले बनेको कच्चि घरमा च्यापिएर मृत्यु भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया