भरुवा बन्दुकुसहित नुवाकोटको दुप्चेश्वरबाट दुई जना पक्राउ
विदुर खबर
२०७७ साउन ८ गते १८:४९

विदुर । भरुवा बन्दुकुसहित नुवाकोटको दुप्चेश्व्र गाउँपालिका वडा नम्बर ६ बाट दसई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का बिरबहादुर मोक्तान र श्याम बहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको काली जंग गण अन्तर्गत माल भन्ञ्ज्याङ पोष्ट र शिखर बेसी रेन्जर पोष्टबाट खटि गएको संयुक्त टोलीले पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेपछि कारागार चलान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया