नुवाकोटको तारकेश्वर कोरोनाको हटस्पट बन्दै
विदुर । नुवाकोट जिल्लामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
हालसम्म जिल्लामा ३५ जनामा कोरोना संक्रमणको पुष्टी हुदाँसम्म तारकेश्वरकका १५ जना संक्रमित भएका छन्।
अहिलेसम्म विदुर नगरपालिका र म्यागङ गाउँपालिका ४/४, तादी र दुप्चेश्वरमा ३/३, बेलकोटगढी नगरपालिका र किस्पाङका २/२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। यस्तै, ककनी र पन्चकन्या गाउँपालिकाका १/१ जनामा कोरोना देखिएको छ भने सुर्यगढ़ी, लिखु र शिवपुरी गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।
तथ्यांकअनुसार संक्रमितमध्ये २५ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किसकेका छन् भने आईसोलेशनमा महिला १ र ९ पुरुष गरी १० जना बिरामी उपचारको क्रममा रहेको छ। जसमा जिल्ला अस्पतालमा ६ जना, खरानीटार अस्पतालमा ३ र १ जना पाटन अस्पतालमा रहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया