नुवाकोटको तारकेश्वर कोरोनाको हटस्पट बन्दै

विदुर खबर २०७७ साउन ४ गते १६:१०

विदुर । नुवाकोट जिल्लामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

हालसम्म जिल्लामा ३५ जनामा कोरोना संक्रमणको पुष्टी हुदाँसम्म तारकेश्वरकका १५ जना संक्रमित भएका छन्।

अहिलेसम्म विदुर नगरपालिका र म्यागङ गाउँपालिका ४/४, तादी र दुप्चेश्वरमा ३/३, बेलकोटगढी नगरपालिका र किस्पाङका २/२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। यस्तै, ककनी र पन्चकन्या गाउँपालिकाका १/१ जनामा कोरोना देखिएको छ भने सुर्यगढ़ी, लिखु र शिवपुरी गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

तथ्यांकअनुसार संक्रमितमध्ये २५ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किसकेका छन् भने आईसोलेशनमा महिला १ र ९ पुरुष गरी १० जना बिरामी उपचारको क्रममा रहेको छ। जसमा जिल्ला अस्पतालमा ६ जना, खरानीटार अस्पतालमा ३ र १ जना पाटन अस्पतालमा रहेका छन्।

प्रतिक्रिया