नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

विदुर खबर २०७७ साउन ३ गते १९:४४

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिकाका ३४ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५ पुगेको हो ।  रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संकमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमित भएका व्यक्तिलाइर्ए त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटमा ३५ जना कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितमध्ये ६ जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने खरानीटार अस्पतालमा २ जना र टेकु अस्पतालमा एकजना उपचाररत छन् ।

Advertisement

अहिले नुवाकोटमा १० जना कोरोना संक्रमितको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया