नुवाकोटका थप दुई जनामा कोरोना भेटियो
विदुर खबर
२०७७ साउन २ गते १६:१९

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका थप दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर चेकजाँच गर्दा उनीहरुमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार तारकेश्वर गाउँपालिकाका ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा हालसम्म २३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया