नुवाकोटको भैरवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

विदुर खबर २०७७ साउन २ गते १५:२७

नुवाकोट । नुवाकोटको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको भैरवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको शक्तिपीठ भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको हो ।  मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत चार करोड ५९ लाखमा निर्माण भइरहेको मन्दिरको लक्ष्यभन्दा केही ढिलाइ गरेर काम अन्तिम चरणमा पुगेको स्मारक संरक्षक तथा नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको दुई तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो । पुरातत्व विभागका इन्जिनीयर गोविन्द अधिकारीका अनुसार तामाको पातामा सुनको जलप लगाई छाना बसाल्न अहिले एक किलो सुनको जलप लगाउँदै छाना राख्ने काम भइरहेको छ । छाना राख्ने काम पूरा गर्न करिब एक साता लाग्ने छ भने छानामा एक किलोग्राम ३० तोला सुन लाग्ने अनुमान छ ।  बिनासकारी भुकम्पले क्षतिग्रस्त भएको भैरवीदेवी मन्दिरको पुनःनिर्माणमा परम्परागत मौलिकतालाईनै कायमै राखेर बनाउने सम्झौता अनुसार निर्माण भएको हो ।

Advertisement

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥यााएको मन्दिरको पुनःनिर्माण पुरातत्व विभागमार्फत भए पनि मन्दिर परिसरका नुवाकोट दरबारसहित दरबार क्षेत्रका विभिन्न १० पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको पुनःनिर्माण चीन सरकारमार्फत गर्न लागिएको छ ।  एक वर्षअघि भएको सम्झौताअनुसार ४५ महिनामा निर्माण सक्ने गरेर चिनियाँ टोलीले गत वर्षको असारबाट दरबारको पुनःनिर्माण शुरु गरेको थियो । तत्काल थप क्षति हुन नदिन खटसहितको टेको दिएर छाना लगाएको चिनियाँ टोलीले कोरोना रोगको सङ्क्रमणका कारण कार्यक्षेत्रमा नफर्कँदा हाल पुनःनिर्माण रोकिएको छ ।

प्रतिक्रिया