नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

विदुर खबर २०७७ असार ३० गते १४:४०

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिकाका १९ वर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ३१ पुगेको हो । रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनको पिसिआर चेकजाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने अहिले विभिन्न स्वास्थ्य संस्थामा १० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार संक्रमितहरुको अवस्था सामान्य रहेको छ ।

Advertisement

प्रतिक्रिया