नुवाकोटमा कोरोना संक्रमितको संख्या २८ पुग्यो
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३० वर्षिय पुरुषमा कोरोना संक्रमणका पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको हो । स्वास्थ्य कार्यालय अनुसार पाटन अस्पतालमा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको अवस्था अहिले सामान्य रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले विदुर खबरलाई बताए ।
हालसम्म नुवाकोटका १६ जना कोरोनामुत्त भएर घर फर्किएको खनालले जानकारी दिए । नुवाकोटका कोराना संक्रमितहरुको अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्ड, तादी गाउँपालिकाको खरानीटार अस्पतालमा र पाटन अस्पतालमा उपचार भइरहेको छ ।
जसमध्ये त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ९ जना उपचाररत रहेका छन भने खरानीटार अस्पतालमा २ जना र पाटन अस्पतालमा एक जना गरि १२ जनाको उपचार भइरहेको कार्यालयको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया