नुवाकोटमा कोरोना संक्रमितको संख्या २८ पुग्यो
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३० वर्षिय पुरुषमा कोरोना संक्रमणका पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको हो । स्वास्थ्य कार्यालय अनुसार पाटन अस्पतालमा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको अवस्था अहिले सामान्य रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले विदुर खबरलाई बताए ।
हालसम्म नुवाकोटका १६ जना कोरोनामुत्त भएर घर फर्किएको खनालले जानकारी दिए । नुवाकोटका कोराना संक्रमितहरुको अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्ड, तादी गाउँपालिकाको खरानीटार अस्पतालमा र पाटन अस्पतालमा उपचार भइरहेको छ ।
जसमध्ये त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ९ जना उपचाररत रहेका छन भने खरानीटार अस्पतालमा २ जना र पाटन अस्पतालमा एक जना गरि १२ जनाको उपचार भइरहेको कार्यालयको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया