नुवाकोटको किस्पाङ गाउँपालिका कोरोनाको हटस्पट बन्दै

विदुर । नुवाकोटको किस्पाङ गाउँपालिका पछिल्लो समय कोरोनाको हटस्पट बन्दै जान थालेको छ ।
दुई दिनको अन्तरालमा किस्पाङ गाउँपालिकाका दुई जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार किस्पाङ गाउँपालिकाको क्वारेनटाइनमा रहेकी २५ वर्षिय महिलामा कोरोनाका संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचनाा अधिकारी उत्तम खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यसअघि आईतबार नुवाकोटको किस्पाङ गाउँपालिकाकै २० वर्षिय एक महिला र दुप्चेश्वर गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएका थियो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका १६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
प्रतिक्रिया