पाँच महिना ठप्प भएको रसुवागढी नाका सञ्चालनमा
रसुवा। पाँच महिनादेखि आयात–निर्यात ठप्प भएको रसुवागढी नाका सोमबार पुनः सञ्चालनमा आएको छ ।
कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो । त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाका सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘चिनियाँ पक्षले सोमबार बिहान केरुङबाट ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएको छ,’ उनले भने ।
उताबाट आएका सामान यता १० देखि १२ कन्टेनरमा राखिनेछन् । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए । उनका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ । मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्याउने काम गर्छन् ।
भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ । सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए । ‘दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य भएको छ,’ उनले भने । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया