नुवाकोटको सिडिओमा ढकाल, द्रोण पोखरेलको कारागारमा सरुवा
नुवाकोट । गृह मन्त्रालयले नुवाकोट र सिराहाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । नुवाकोटमा गृह मन्त्रालयमा कार्यरत झंकनाथ ढकाललाई पठाइएको छ ।
नुवाकोटका सिडिओ द्रोण पोखरेलको कारागार व्यवस्था विभागको महानिर्देशकमा सरुवा भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीप कँडेललाई सिराहाको सिडिओमा खटाइएको गृह मन्त्रालयले जनाएको छ । सिराहाका सिडिओ सरोज गुरागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ६३ सहसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जनालाई गृहमा पठाएको छ । गृह मन्त्रालय सरुवा हुनेमा ज्ञानेन्द्र पौडेल, प्रेमकुमार भट्टराई, महेश आचार्य, थानेश्वर गौतम, चक्रपाणि पाण्डे, ध्रुवकुमार पोखरेल, तीर्थराज भट्टराई, बन्धुप्रसाद बाँस्तोला, अरुण पोखरेल, सुरेश न्यौपाने, सन्तकुमार विक र ढुण्डी निरौला छन् ।
सिडिओमा खटिने गरी उनीहरूलाई गृहमा सरुवा गरिएको स्रोत बताउँछ । विभिन्न जिल्लाका सिडिओ तानेर गृहले उनीहरूलाई खटाउने तयारी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया