नुवाकोटको सिडिओमा ढकाल, द्रोण पोखरेलको कारागारमा सरुवा

विदुर खबर २०७७ असार २२ गते १३:४०

नुवाकोट । गृह मन्त्रालयले नुवाकोट र सिराहाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । नुवाकोटमा गृह मन्त्रालयमा कार्यरत झंकनाथ ढकाललाई पठाइएको छ ।

Advertisement

नुवाकोटका सिडिओ द्रोण पोखरेलको कारागार व्यवस्था विभागको महानिर्देशकमा सरुवा भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीप कँडेललाई सिराहाको सिडिओमा खटाइएको गृह मन्त्रालयले जनाएको छ । सिराहाका सिडिओ सरोज गुरागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ६३ सहसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जनालाई गृहमा पठाएको छ ।  गृह मन्त्रालय सरुवा हुनेमा ज्ञानेन्द्र पौडेल, प्रेमकुमार भट्टराई, महेश आचार्य, थानेश्वर गौतम, चक्रपाणि पाण्डे, ध्रुवकुमार पोखरेल, तीर्थराज भट्टराई, बन्धुप्रसाद बाँस्तोला, अरुण पोखरेल, सुरेश न्यौपाने, सन्तकुमार विक र ढुण्डी निरौला छन् ।

Advertisement

सिडिओमा खटिने गरी उनीहरूलाई गृहमा सरुवा गरिएको स्रोत बताउँछ । विभिन्न जिल्लाका सिडिओ तानेर गृहले उनीहरूलाई खटाउने तयारी गरेको छ ।

प्रतिक्रिया