नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित
विदुर खबर
२०७७ असार २२ गते १०:४७
काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ ।
बैठक असार २४ गते ११ बजे बस्ने स्रोतले जनाएको छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक विवादले उग्र रुप लिएको छ ।
प्रधानमन्त्रीले भने कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया