भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

विदुर खबर २०७७ असार २२ गते १०:४२

विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।

Advertisement

रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।   भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।

अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् । यस्तै  पाकिस्तान १२ औँ बढी सङ्क्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित छन् ।

Advertisement

प्रतिक्रिया