नुवाकोटमा कोरोना संक्रमित संख्या २६ पुग्यो

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञप्ती जारी गर्दै दुप्चेश्वर गाउँपालिकाका एक जना २७ वर्षिय पुरुष र किस्पाङ गाउँपालिकाकी एक २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर रिपोर्टमा संक्रमण पुष्टि भएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
किस्पाङकी संक्रमित महिलालाई त्रिशूली अस्पतालको आइसोलेसनमा राख्न र दुप्चेश्वरको संक्रमित पुरुषलाई खरानीटारको आइसोलेसनमा राख्न ल्याउँदै गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । दुप्चेश्वरका संक्रमित पुरुष भारतबाट आएका हुन् भने किस्पाङको महिलाको यात्रा विवरण प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो पटक गत जेठ ११ गते नुवाकोटमा कोरोना संक्रमित फेला परेका थिए । हालसम्म १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया