नुवाकोटमा कोरोना संक्रमित संख्या २६ पुग्यो
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञप्ती जारी गर्दै दुप्चेश्वर गाउँपालिकाका एक जना २७ वर्षिय पुरुष र किस्पाङ गाउँपालिकाकी एक २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर रिपोर्टमा संक्रमण पुष्टि भएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
किस्पाङकी संक्रमित महिलालाई त्रिशूली अस्पतालको आइसोलेसनमा राख्न र दुप्चेश्वरको संक्रमित पुरुषलाई खरानीटारको आइसोलेसनमा राख्न ल्याउँदै गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । दुप्चेश्वरका संक्रमित पुरुष भारतबाट आएका हुन् भने किस्पाङको महिलाको यात्रा विवरण प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो पटक गत जेठ ११ गते नुवाकोटमा कोरोना संक्रमित फेला परेका थिए । हालसम्म १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया