नुवाकोटका स्थानीय तहमा ६ अर्बको बजेट

विदुर खबर २०७७ असार १२ गते १०:३८

नुवाकोट । जिल्लामा सबै स्थानीय तहहरुले गाउँरनगरसभा सम्पन्न गरेका छन् ।

Advertisement

बुधबार स्थानीय तहहरुमा आयोजित सभामा जिल्लामा १२ वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट पेश भएको हो । जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकाको एक अर्ब आठ करोड रुपैयाँ बजेट पेश भएको छ ।

बेलकोटगढी नगरपालिकाको ९९ करोड ९३ लाख रुपैयाँको बजेट पेश भएको छ । शिवपुरी गाउँपालिकाले ४९ करोड २५ लाख रुपैयाँ, ककनी गाउँपालिकाले ४३ करोड रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाले ४१ करोड रुपैयाँ, पञ्चकन्या गाउँपालिकाले ४० करोड ९३ लाख रुपैयाँ, किस्पाङ गाउँपालिकाले ४० करोड दुई लाख रुपैयाँ, तारकेश्वर गाउँपालिकाले ३९ करोड ६८ लाख रुपैयाँ, सूर्यगढी गाउँपालिकाले ३८ करोड १२ लाख रुपैयाँ, लिखु गाउँपालिकाले ३७ करोड ७८ लाख रुपैयाँ, तादी गाउँपालिकाले ३६ करोड १९ लाख रुपैयाँको बजेट कार्यक्रम सभामा पेश गरेका छन् ।

Advertisement

जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड रुपैयाँ गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीय तहले छलफलपछि पारित गरिने जनाएका छन् ।

सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनालाई प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ । –रासस

Advertisement

प्रतिक्रिया