सुर्यगढीको बजेट ३८ करोड १२ लाख, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

विदुर खबर २०७७ असार १० गते २१:२७

चाकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि ३८ करोड १२ लाख १७ हजार ५ सय १० रुपैयाँको बजेट ल्याएको छ ।

Advertisement

सातौं गाउँसभामा उपप्रमुख मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड १२ लाख १७ हजार ५ सय १० रुपैयाँको बजेट पेस गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्च १९ करोड ६६ लाख ५३ हजार ५ सय १० र पूँजीगततर्फ १८ करोड ४५ लाख ६४ हजार रुपौँया विनियोजन गरिएको छ ।

गाउँपालिकाले आर्थिक विकासमा २ करोड ७५ लाख ९ हजार, चार करोड ३६ लाख १० हजार, सामाजिक विकासमा १६ करोड ९५ हजार, पूर्वाधार विकासमा १० करोड ८८ लाख ४३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ९० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड ५७ लाख ७९ हजार ५ सय १० रुपैँया विनियोजन गरिएको छ ।कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उपप्रमुख बुढाथोकीले जानकारी दिइन् ।

Advertisement

आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ सञ्चालन गर्ने र त्यस्का लागि गह्रासुधार तथा चक्लाबन्दी गरी खेती कार्यको लागि आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन गरिने छ ।

प्रतिक्रिया