सुर्यगढीको बजेट ३८ करोड १२ लाख, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
चाकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि ३८ करोड १२ लाख १७ हजार ५ सय १० रुपैयाँको बजेट ल्याएको छ ।
सातौं गाउँसभामा उपप्रमुख मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड १२ लाख १७ हजार ५ सय १० रुपैयाँको बजेट पेस गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्च १९ करोड ६६ लाख ५३ हजार ५ सय १० र पूँजीगततर्फ १८ करोड ४५ लाख ६४ हजार रुपौँया विनियोजन गरिएको छ ।
गाउँपालिकाले आर्थिक विकासमा २ करोड ७५ लाख ९ हजार, चार करोड ३६ लाख १० हजार, सामाजिक विकासमा १६ करोड ९५ हजार, पूर्वाधार विकासमा १० करोड ८८ लाख ४३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ९० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड ५७ लाख ७९ हजार ५ सय १० रुपैँया विनियोजन गरिएको छ ।कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उपप्रमुख बुढाथोकीले जानकारी दिइन् ।
आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ सञ्चालन गर्ने र त्यस्का लागि गह्रासुधार तथा चक्लाबन्दी गरी खेती कार्यको लागि आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन गरिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया