बट्टारबाट पक्राउ परेका जुवाडेहरु ५ हजार धरौटी तिरेर रिहा

विदुर खबर २०७७ असार ९ गते २१:००

विदुर । शनिवार बट्टारको सतान्चुली होटलबाट पक्राउ परेका १० जना जुवाडेहरु ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन ।

Advertisement

उनीहरुलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पेश गर्दा जनही ५ हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएका छन् । उनीहरुलाई प्रहरीले एक लाख ६ हजार पैतिस रुपैयासहित होटलबाट पक्राउ गरेको थियो ।  यसअघि सतान्चुली होटलको कोठा नम्बर १५० मा जुवा खेलिरहेको अवस्थामा नुवाकोट प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुका नेकपा नुवकोटका नेता पदम उप्रेती,ठाकुर पुडासैनी,दिलवहादुर तामाङ,दिपक सिंखडा,दिपेन्द्र ओली,विष्णु न्यौपाने,वासु गजुरेल,डम्बर श्रेष्ठ,नारायण जी राई र भिम खतिवडा रहेका छन् ।

Advertisement

प्रतिक्रिया