नुवाकोटका स्थानियतह बजेट निर्माणको अन्तिम तयारीमा
 
		
	 विदुर । नुवाकोटका स्थानियतहहरु आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी जुटेका छन् ।
विदुर । नुवाकोटका स्थानियतहहरु आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी जुटेका छन् ।
बजेट निर्माणका लागि विगत एक महिनादेखि जनस्तरबाट सुझाव लिएका स्थानिय तहहरुले बजेटलाई अन्तिम रुप दिन छलफललाई तिव्र पारेका छन । संविधान अनुसार असार १० गते स्थानिय तहले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । बजेट सार्वजनिक गर्न एक दिन मात्रै बाँकी रहँदा स्थानिय तहले छलफल तीव्र पारेका छन । विशेष गरि नुवाकोटका स्थानिय तहले यो वर्ष स्वास्थ्यलाई बजेमा प्राथमिकता दिएको स्थानिय तहका उपप्रमुखहरुले जानकारी दिएका छन ।
विगतका भन्दा आगामी आर्थिक वर्षमा कार्यान्वयनमूखि बजेट निर्माण गर्न स्थानिय सरकारले सरोकारवाला निकायसँग छलफलसमेत गरेको छ । बजेट निर्माणमा नागरिक समाज, युवा, राजनीतिक दलका प्रमुख लगायतले चासो देखाएका छन् ।
टुक्रे विकास योजनामा बजेट विनियोजन हुँदा कार्यान्वयनमा समस्या देखिएकाले समस्या हुने गरेको सरोकारवालाहरु बताउँछन । जनताका विकास आवश्यकतालाई बजेटमा सम्बोधन गर्ने गरि योजना निर्माण गर्न यो पटक स्थानिय तहहरु लाग्ने विशवास गरिएको छ ।
अहिले विश्वभर नै कोरोनाको महामारी बढेको कारण नुवाकोटका सबै स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य केन्द्रित बनाएका छन् । सुर्यगढी गाउँपालिकाले आगमी वर्षको बजेट स्वास्थ्यलाई केन्द्रमा राखेर बनाएको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर तामाङले बताए । उनले गाउँपालिकाको आगामी वर्षको बजेको प्राथमिकतामा कृषि र शिक्षा समेत परेको बताए ।
त्यस्तै ककनी गाउँपालिकाका अध्यक्ष मान वहादुर लामाले गाउँपालिकाले यो वर्षको वजेट कोरोना भाइरस र त्यसपछिको रोकथाममा प्रयोग गर्ने बताए । उनले ककनी मुला,स्ट्रोवेरी र ट्राउट माछाको जोनको रुपमा परिचित भएको भन्दै ती कृषिकहरुलाई पनि बजेटमा समेटिने बताए । जिल्लाको समृद्धिका लागि जनताका आवश्यकतासँगै भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिइने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया