बट्टारको तास प्रकरण : पक्राउ परेकाहरुलाई छुटाउन नेताको दवाव

विदुर खबर २०७७ असार ७ गते २२:००

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको सतान्चुली होटलबाट शनिवार तास खेल्दै गरेका १० जनालाई छुटाउन नुवाकोट प्रहरीलाई तिव्र दवाव परेको छ ।

Advertisement

नेकपा नुवकोटका नेता पदम उप्रेती,ठाकुर पुडासैनी,दिलवहादुर तामाङ,दिपक सिंखडा,दिपेन्द्र ओली,विष्णु न्यौपाने,वासु गजुरेल,डम्बर श्रेष्ठ,नारायण जी राई र भिम खतिवडा लगायत १० जनालाई झण्डै एकलाख रुपैयाँसहित नुवाकोट प्रहरीले हिजो पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउन नेकपा नुवाकोटका नेताहरुले प्रहरीलाई तिव्र दवाव दिएको स्रोतले विदुर खबरलाई बतायो ।

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकारीले नेकपा नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले उनीहरुलाई छोड्न शनिवार नै दबाव दिएको बताए । प्रहरीले सुराकीको आधारमा बट्टारबाट पक्राउ गर्दा उनीहरुलाई प्रहरीले आफ्नै गाडीमा नल्याएर निजि गाडीमा जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

Advertisement

जसरी हुन्छ जे गरेर हुन्छ पक्राउ परेकाहरुलाई तत्काल छटाइदिने व्यवस्था मिलाउनुस् भन्ने कुरा आएको छ प्रहरी विदुर खबरसँग स्रोतले बतायो । तर प्रहरी भने उनीहरुलाई पक्राउ गरिसकेपछि छाड्ने मनस्थितिरमा नरहेको बताइएको छ ।
पक्राउ परेकाहरुसँग अनुसन्धान शुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुलाई मुलकी आचारसंहिताको दफा एकसय २५ मा उल्लेख गरिए अनुसार कारवाही हुने बताइएको छ ।

सो दफामा जुवा खेल्न वा खेलाउन नहुने,हारजित हुनेगरि चलअचल सम्पति राखेर खेलेमा जुवा ठर्हछ भन्ने उल्लेख छ । पक्राउ परेकाहरुसँग नुवाकोट प्रहरीले एकलाख ६ हजार रुपैया समेत जफत गरेको थियो ।

Advertisement

प्रतिक्रिया