एकलाख रुपैयाँसहित बट्टारबाट १० जुवाडे पक्राउ (भिडियोसहित)
विदुर खबर
२०७७ असार ६ गते १७:५१


सांकेतिक तश्वीर ।
बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा जुवा खेलिरहेको अवस्थामा नेकपा नुवाकोट र नेपाली कांग्रेस नुवाकोटका नेतासहित १० जना पक्राउ परेका छन ।
पक्राउ परेकाहरुमा नेकपा नुवाकोटका जिल्ला सदस्य तथा शिवपुरी गाउँपालिकामा तत्कालिन एमालेबाट गाउँपालिकाका अध्यक्षका प्रत्यासी पदम उप्रेती, नेकपाका नेता ठाकुर पुडासैनी तथा नेपाली कांग्रेस नुवाकोटका नेता बासु गजुरेल र दिपक शिंखडा लागयत रहेको बताइएको छ ।
पक्राउ पर्ने अन्यको भने विवरण आउँन बाँकी छ । उनीहरुको साथबाट झण्डै एक लाख रुपैयाँ बरामद गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।
यसअघिको समाचारमा अन्यथा भएकोले सच्चाइएको छ ।
सम्पादक
सम्बन्धित
प्रतिक्रिया