खानीगाउँमा झाडापखालाको प्रकोप, एकै गाउँका ५७ जना विरामी

विदुर खबर २०७७ असार ६ गते १०:४६

खानीगाउँ । नुवाकोटको लिखु गाउपालिका वडा २ मा झाडापखालाको प्रकोप देखिएको छ ।

Advertisement

झाडापखालाका कारण वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घलेसहित गाउँका ५७ जना एकैपटक विरामी परेका हुन् । साविक खानीगाउँ गाविसका वडा नम्बर ७ र ९ का ५७ जनामा झाडापखाला देखिएको स्वास्थ्यकर्मी सुमित्रा न्यौपानेले जानकारी दिइन् । पुरै गाउँका स्थानियमा झाडापखालाको प्रकोप देखिएसँगै स्वास्थ्यकर्मीको टोली नै उपचार गर्न प्रत्येक विरामीको घरघर पुगेका थिए । स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि अहिले अवस्था सामान्य बनेको स्थानिय दिपक मगरले विदुर खबरलाई बताए ।

लगातारको बर्षाको कारण पानीको मुहान फोहोर भएकोले गाउँमा झाडापखालको प्रकोप देखिएको हुनसक्ने स्वास्थ्यर्कीहरुले बताएका छन् । त्यस्तै वडाध्यक्ष भिमबहादुर घलेले दुषित पानीको कारण गाउँका सबैमा झाडापखालको प्रकोप देखिएको हुनसक्ने बताए ।

Advertisement

प्रतिक्रिया