खानीगाउँमा झाडापखालाको प्रकोप, एकै गाउँका ५७ जना विरामी
विदुर खबर
२०७७ असार ६ गते १०:४६
खानीगाउँ । नुवाकोटको लिखु गाउपालिका वडा २ मा झाडापखालाको प्रकोप देखिएको छ ।
झाडापखालाका कारण वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घलेसहित गाउँका ५७ जना एकैपटक विरामी परेका हुन् । साविक खानीगाउँ गाविसका वडा नम्बर ७ र ९ का ५७ जनामा झाडापखाला देखिएको स्वास्थ्यकर्मी सुमित्रा न्यौपानेले जानकारी दिइन् । पुरै गाउँका स्थानियमा झाडापखालाको प्रकोप देखिएसँगै स्वास्थ्यकर्मीको टोली नै उपचार गर्न प्रत्येक विरामीको घरघर पुगेका थिए । स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि अहिले अवस्था सामान्य बनेको स्थानिय दिपक मगरले विदुर खबरलाई बताए ।
लगातारको बर्षाको कारण पानीको मुहान फोहोर भएकोले गाउँमा झाडापखालको प्रकोप देखिएको हुनसक्ने स्वास्थ्यर्कीहरुले बताएका छन् । त्यस्तै वडाध्यक्ष भिमबहादुर घलेले दुषित पानीको कारण गाउँका सबैमा झाडापखालको प्रकोप देखिएको हुनसक्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया