नुवाकोटमा थप दुईजनामा कोरोना संक्रमण,संक्रमितको संख्या १५ पुग्यो

विदुर खबर २०७७ असार ३ गते २०:५८

नुवाकोट । नुवाकोटमा थप दुईजनामा कोरोना संक्रमीत भेटिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुप्चेश्वर गाउँपालिकाका दुई महिलामा कोरोनाको संक्रमण देखिएको हो ।

Advertisement

संक्रमितहरुमा २० र ५५ वर्षिया महिलाहरु रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुको पिसिआर चेकजाँच गर्दा कोरोना भेटिएको हो । दुप्चेश्वर गाउँपालिकाका क्वारेनटाइनमा रहेको उनीहरुमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।  उनीहरुलाई तादी गाउँपालिकाको खरानीटारमा रहेको आइसोलेसन वार्डमा राखिएको कार्यालयले जनाएको छ ।  हालसम्म नुवाकोटमा १५ जनामा जनामा संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनाल बताए ।

अहिलेसम्म नुवाकोटको तारकेश्वर गाउँपालिकाका, म्यागङ गाउँपालिका,तादी गाउँपालिका,विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका र ककनी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमित भेटिएका छन । जसमा म्यागङका दुई र ककनीका एक सहति ३ जना कोरोनालाई जितेर घर फर्किसकेका छन ।

Advertisement

प्रतिक्रिया