नुवाकोटमा थप तीजनामा कोरोना संक्रमण,संक्रमितको संख्या १३ पुग्यो

विदुर खबर २०७७ असार २ गते २१:५०

नुवाकोट । नुवाकोटमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तारकेश्वर गाउँपालिकाका ३ पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । संक्रमितहरुमा २१,२५ र २९ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरु केहि दिन अघि त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा वसीरहेका थिए । उ

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए । खनालका अनुसार हालसम्म नुवाकोटमा १३ जनामा संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्किसकेका छन । कार्यालयका अनुसार नुवाकोटका १२ स्थानिय तहमध्ये तारकेश्वर गाउँपालिकाका ६ जना, म्यागङ गाउँपालिकामा ३ जना, तादी गाउँपालिका,विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

जसमा म्यागङका दुई र ककनीका एक सहति ३ जना कोरोनालाई जितेर घर फर्किसकेका छन ।

प्रतिक्रिया