नुवाकोटको म्यागङका दुई युवा कोरोना निको भएर घर फर्किए
विदुर खबर
२०७७ असार १ गते १०:५५

विदुर । नुवाकोटको म्यागङ गाउँपालिकाका दुई युवा कोरोना निको भएर घर फर्किएका छन ।
त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरुको पुन ः पिसिआर चेकजाँच गर्दा कोरोना नेगेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य देखिएपछि डिस्चार्ज गर्न लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरु नुवाकोटमा कोरोना देखिएका दोस्रो र तेस्रो व्यत्ति हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटमा १० जना कोरोना संक्रमित भेटिएका छन । म्यागङका दुईसहित ३ जना निको भएर घर फर्किसकेका छन ।
सम्बन्धित
प्रतिक्रिया