नुवाकोटमा थप दुई जनामा काेराेना पाेजेटिभ,तारकेश्वरका थप दुई जना थपिए
विदुर । नुवाकोटमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।
तारकेश्वर गाउँपालिकाका थप दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरु ६ वर्षिय बालिका र ३१ वर्षिय महिला रहेका छन । उनीहरु आमा छोरी हुन । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।
यसअघि उनीहरुमा उच्च ज्वरो देखिएपछि तारकेश्वोरको क्वारेन्टाइनबाट यहि शनिवार त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो ।
यसअघि नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका ,तारकेश्वर गाउँपालिका र तादी गाउँपालिकामा समान एक÷एक र म्यागङ गाउँपालिकाका ३ जना सहित ८ जनामा कोरोना संक्रमण देखिएको थियो । ककनी गाउँपालिकाका संक्रमित भने निको भएर घर फर्किसकेका छन ।
यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया