नुवाकोटमा थप दुई जनामा काेराेना पाेजेटिभ,तारकेश्वरका थप दुई जना थपिए

विदुर खबर २०७७ असार १ गते ८:२२

विदुर । नुवाकोटमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

तारकेश्वर गाउँपालिकाका थप दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरु ६ वर्षिय बालिका र ३१ वर्षिय महिला रहेका छन । उनीहरु आमा छोरी हुन । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।
यसअघि उनीहरुमा उच्च ज्वरो देखिएपछि तारकेश्वोरको क्वारेन्टाइनबाट यहि शनिवार त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो ।

यसअघि नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका ,तारकेश्वर गाउँपालिका र तादी गाउँपालिकामा समान एक÷एक र म्यागङ गाउँपालिकाका ३ जना सहित ८ जनामा कोरोना संक्रमण देखिएको थियो । ककनी गाउँपालिकाका संक्रमित भने निको भएर घर फर्किसकेका छन ।

Advertisement

यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

प्रतिक्रिया