नुवाकोटमा सरकारविरुद्द युवाहरुको प्रर्दशन
विदुर । कोरोना रोकथाम र उपचार लगायत भ्रस्टाचारमा समेत सरकारले प्रभावकारी काम नगरेको भन्दै नुवाकोटका युवाहरु सडकमा उत्रिएका छन् ।
सदरमुकाम विदुर चोकदेखि र्याली सुरु गरेर लोकतान्त्रिक चौतरामा पुगेर कोणसभा गरेको हो । देशभर युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोख्दै नुवाकोटमा पनि सडकमा उत्रेको युवा निरज चित्रकारले बताए । कमजोर व्यवस्थापनमा पनि युवाहरुको उल्लेख उपस्थितले कार्यक्रम शसक्त भएको र क्रमबद्ध रुपमा आगामी कार्यक्रम गरिने बताए ।
गृह मन्त्रालयले बिहीबार नै लकडाउनको उल्लंघन नगर्न चेतवानी सूचना जारी गरेको थियो । उल्लङ्घन गरेमा संक्रामक रोग नियन्त्रण ऐनअनुसार प्रदर्शनकारीलाई सरकारले एक सयदेखि ६ सयसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा गृहले स्मरण गराएको थियो ।
कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारी युवाहरुले प्लेकार्ड, फेस मास्क सहित सरकारको विरोध गरेका छन् । प्रदर्शनमा जिल्लाका शिक्षक, विद्यार्थी, व्यापारी लगायतको उपस्थिति रहेको अर्का युवा अगुवा शंकर पाण्डेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया