नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ पुग्यो,खरानीटारमा नयाँ संक्रमित भेटियो
विदुर खबर
२०७७ जेठ ३० गते १५:०१

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । आज तादी गाउँपालिकाको खरानीटारमा संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिकाको खरानीटार क्वारेनटाइनमा बसेका १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनलाई खरानीटारमा रहेको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकार तारकेश्वर गाउँपालिकामा समान एक÷एक र म्यागङ गाउँपालिकाका ३ जना सहित ७ जनामा कोरोना संक्रमण देखिएको थियो । ककनी गाउँपालिकाका संक्रमित भने निको भएर घर फर्किसकेका छन ।
सम्बन्धित
प्रतिक्रिया