बेलकोटगढी नगरपालिकाका एक युवकमा कोरोना संक्रमणको पुष्टि
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमकुमार राईले बेलकोटगढी नगरपालिकाका २२ वर्षिय युवकमा कोरोना संक्रमण भएको जानकारी दिए । शैक्षिक तालिम केन्द्र, त्रिशूलीको क्वारेन्टिनमा बस्दै आएका उनमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनी भारतबाट आई क्वारेन्टाइनमा बसीरहेका थिए ।
संक्रमति युवालाई अहिले त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । संक्रमित युवाको कन्ट्रयाक ट्रेसिङ शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै हिजै विदुर नगरपालिका वडा नम्बर ४ का १६ वर्षिय युवकमा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि म्यागङ गाउँपालिकाका २ जना र ककनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण भएको थियो जसमध्ये ककनीका एकजना निको भएर घर फर्किसकेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया