विदुर र बेलकोटगढी नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि

विदुर । नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला टेकुमा गरिएकाे परिक्षणमा विदुर नगरपालिकाका १७ र २३ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् ।संक्रमितहरु विदुर नगरपालिका वडा नम्बर ४ र बेलकोटगढी नगरपालिकाका एक युवक रहेको बताइएको छ ।
शैक्षिक तालिम केन्द्र, त्रिशूली क्वारेन्टिनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरु भारतबाट आई यहि जेठ १० गतेदेखि क्वारेन्टाइनमा बसीरहेका थिए । उनीहरुको आरडिटि पोजेटिभ देखिएपछि स्वाब संकलन गर्दा पिसिआर रिर्पाैट समेत पोजेटिभ देखिएको हो ।
उनीहरुलाई अहिले त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
प्रतिक्रिया