रुपन्देहीमा ५ जनाको सामुहिक हत्या,अनुसन्धान भैरहेको प्रहरीको भनाई
विदुर खबर
२०७७ जेठ २७ गते ८:२४
नुवाकोट । रुपन्देहीमा पाँच जनाको हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनापछि फार्ममा काम गर्ने झपेन्द्र सिंजाली फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया