नुवाकोटका जनप्रतिनिहरु लकडाउन तोडेरै चिनियाँ राजदूत पाण्डेको विदाईमा……….

विदुर खबर २०७७ जेठ २६ गते ६:२०

नुवाकोट । लकडाउनको अवधि लम्बिदै गर्दा सरकारद्वारा जारी निशेधाज्ञा देशभर उल्लंघन हुँदै गईरहेको छ।

अत्यावश्यक सेवा बाहेकका कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गर्दा नुवाकोट सरोकार समाजले चीनको लागि नवनियुक्त राजदूत डा. महेन्द्रबहादुर पाण्डेलाई चीनको बेइजिङतर्फ प्रस्थान गर्न लाग्दा आइतबार एक कार्यक्रम बीचमा विदाई गरेको छ । नव नियुक्त राजदूत पाण्डेलाई बधाई तथा शुभकामना कार्यक्रम काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयको हलमा आयोजना गरिएको थियो । कार्यक्रममा केहि सिमित मात्रमा सामाजिक दुरी कायम गरिए तापनि विश्व स्वास्थ्य संगठनको मापदण्डको आधारमा गरिएको थिएन । न त सबैले नै स्वास्थ्य सुरक्षाका विधि अपनाएका थिए।

कार्यक्रममा पाण्डेले नेपाल कुनै पनि मुलुकको विरोधी होइन तर यसो भन्दैमा हामीलाई कसैले काखमा राखेर दूध खुवाउँदैन । समृद्धिका लागि लाग्नुपर्छ । हामीलाई कसैले धक्का दिन खोजेमा हामी पछि हट्नु नहुने बताए । शालीन नेताका रुपमा परिचित रहेका पाण्डे राजदूत भइ कार्यभार सम्हाल्नको लागि जान लाग्दा कार्यकर्ताको कारण यहाँ चुकेका छन्।कार्यक्रममा प्रतिनिधिसभाका सांसद, प्रदेश सांसद, स्थानीयतहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत सत्ताधारी दलका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। राजदूत पाण्डेलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

लकडाउनको समयमा कार्यक्रम नगर्न निर्देशन जारी गर्दा यो मात्र उल्लंघनको कार्यक्रम भने होइन । जिल्लाभर राहत कार्यक्रमको नाममा लकडाउनको सुरुवाती दिन देखि नै व्यापारी, राजनैतिक दलका नेता, पूर्व मन्त्रि, स्थानीय तहका जनसरकार लगायतले आफै नियम उल्लंघन गरेको छ । देशभर फैलदै गरेको कोरोना भाइरसको कारण आईतबारसम्ममा १३ जनाको मृत्यु भइसकेको छ भने ३४ सय ४८ जना संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जिल्लामा भने ३ जना संक्रमित भएको छ भने १ जना निको भइ घर फर्किसकेका छन् । आइतबारमात्र तारकेश्वर गाउँपालिकामा गरिएको आरडीटि परीक्षणमा थप ७ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सर्वसाधारणलाई मात्र लाग्ने ठुला पदमा हुने र गन्यमान्यलाई कोरोना नलाग्ने भनि जन गुनासो रहेको छ। सामाजिक गतिविधिमा समेत अग्रणी भूमिका खेल्दै आएका सामाजिक अभियन्ता समेतले पनि सरकारको नियमलाई लत्याएको छ।

 

Advertisement

डबली खबरबाट ।

प्रतिक्रिया