नुवाकोटका बजार क्षेत्रमा प्रहरी आफै पसलको सटर बन्द गराउँदै (भिडियोसहित)
विदुर । केन्द्र सरकारले आजबाट अघोषित रुपमा लकडाउन खुल्ने बताएपछि नुवाकोटका बजार क्षेत्रमा आजबाट चहलपहल शुरु भएको छ ।
केन्द्र सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँग अधिकांश बन्द रहेका कोलनी त्रिशुली,ढुङ्गे, विदुर, बट्टार, पिपलटार, देविघाट लगायतका बजार क्षेत्रका पसलहरु आजबाट खुल्न थालेका छन । तर लकडाउनको समयमा बजारका पसलहरु खुलेको भन्दै नुवाकोट प्रहरीले बजार क्षेत्रका पसलहरु बन्द गराउँदै हिँडेका छन । तर प्रहरीको पसल बन्द गराउने शैली राम्रो नभएको भन्दै व्यापारीहरुले असन्तुष्टि जनाएका छन ।
बट्टारका एक स्थानिय व्यापारीले लामो समयसम्म लकडाउन हुँदा आफुहरु मर्कामा परेको भन्दै आजबाट पसल खोलेपनि प्रहरीले दादागिरीको शैलीमा पसल बन्द गराउँदै हिँडेको बताए । उनले आफु पसलभित्र रहेकै अवस्था प्रहरी आएर सटर लगाएको बताए । तर नुवाकोट प्रहरीको डिएसपी राजेश थापाले लकडाउन कायमै रहेकोले प्रहरीले जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरले गरेको निर्णय अनुसार नै तोकिएको समयभन्दा बढी पसले खोलेको भन्दै बन्द गरिएको बताए ।
डिएसपी थापाले सो बताइरहँदा आज दिनभर नुवाकोटको बजार क्षेत्रमा बाक्लो रुपमा सवारी साधन संचालन भइरहेको छ । बजार क्षेत्रमा लकडाउनकै अवधिमा पसलहरु समेत खुल्ला भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया